म्यादी प्रहरीलाई सिटिइभिटीद्वारा निशूल्क सीपमूलक तालिमको अवसर
पाेखरा | जेठ १३, २०७९
पोखराः प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय (सिटिइभिटी ) ले म्यादि प्रहरीलाई निशुल्क सीपमूलक तालिम दिने भएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ मा म्यादी प्रहरी भई सुरक्षा प्रदान गरेका म्यादी प्रहरीको माग अनुसार पहिलो चरणमा विभिन्न क्षेत्रमा सीपमुलक तालिम दिईने भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय (सिटिइभिटी )ले जारी गरेको सुचना अनुसार पहिलो चरणमा किचन सहयोगी, वेटर, हाउस किपिङ, ईलेक्ट्रिसियन, प्लम्बर र हाउस पेन्टरको तालिम सञ्चालन गरिने छ ।
उक्त तालिम आगामी २० गतेदेखि सुरु गरिने बताइएको छ ।
सो तालिम २७ दिनसम्म चल्नेछ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

